ट्रेन्डिङ

Logout

सरकारलाई पैसाको होइन, पुँजीगत खर्च गर्ने क्षमताको अभाव छः अर्थमन्त्री पुन

9.1k Shares

काठमाडौँ – अर्थमन्त्री वर्षमान पुनले सरकारलाई पैसाको अभाव भन्दा पनि खर्च गर्ने क्षमता वृद्धि गर्न आवश्कय रहेको बताएका छन्।


प्रतिनिधिसभामा आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा पुनले खर्च गर्न नसक्ने अवस्था रहेको स्वीकार गरेका हुन्।

उनले सरकारसँग अहिले पर्याप्त पैसा रहेको बताए।

पुनले लगानी गर्ने पर्याप्त पुँजी हुँदा समेत खर्च गर्ने क्षमतामा कमी हुँदा वैदेशिक सहायता समेत खर्च गर्न नसकिएको सदनलाई जानकारी दिए।
उनले विदेशी सहयोगमा प्रतिवद्धता भएको ५ खर्ब भन्दा बढी रकम रहेको उल्लेख गरे।

अर्थमन्त्री पुनले सरकारको वार्षिक पुँजीगत बजेट जम्मा ३ खर्ब रहेको, विदेशी विकास साझेदारहरुले ऋण वा अनुदान भनेर प्रतिवद्धता जनाएको ५ खर्ब रकम रहेको बताए।
पुनले निवर्तमान अर्थमन्त्रीले सकारात्मक रुपमा चुनौती दिए पनि अब सरकारले सहयोग जुटाउने भन्दा पनि खर्च गर्न आवश्यक रहेको औंल्याए।

अर्थमन्त्री पुनले प्रतिवद्धता भएको रकम समेत खर्च गर्न नसकेको भन्दै कमजोरीका विषयमा सबैले समिक्षा गर्नुपर्नेमा जोड दिए। वैदेशिक साहयता २० देखि २५ प्रतिशत खर्च हुने गरेको भएपनि अहिले ७ प्रतिशतमा सिमित रहेको उल्लेख गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार