ट्रेन्डिङ

Logout

राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा अन्जान शाक्य र महालेखा परीक्षकमा तोयम राया नियुक्त

7.9k Shares

फाइल फाेटाे

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सिफारिसअनुसार उहाँले शाक्यलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्नुभएको हो । यसअघि मन्त्रिपरिषद् बैठकले शाक्यलाई राष्ट्रियसभामा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

त्यस्तै राष्ट्रपति पौडेलले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्त गर्नुभएको छ । संसदीय सुनुवाई समितिले रायाको नाम सर्वसम्मतीले पारित गरेपछि सरकारले रायालाई महालेखापरीक्षकमा नियुक्त गर्न राष्ट्रपति पौडेललाई सिफारिस गरेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार