ट्रेन्डिङ

Logout

दुर्गा प्रसाईं निकट रायमाझी पक्राउ

6.3k Shares

काठमाडौँ । गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादी आन्दोलनमा संलग्न थप एक जनालाई पक्राउ गरिएको छ ।

राज्य विरुद्धको कसुर गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–६ नयाँबस्ती घर भएका तेजेन्द्र रायमाझी रहेका छन् । उनी दुर्गा प्रसाईं निकट भनेर चिनिन्छन् ।

उनी ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का युवा मोर्चा नागरिक प्रतिरक्षा बलको बागमती अञ्चल समितिको संयोजक हुन् ।

प्रहरी कार्यालयका एक अधिकृतले उनलाई जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार