ट्रेन्डिङ

Logout

सांसद माया राई सहकारी ठगीको आरोपमा पक्राउ

6.6k Shares

काठमाडौँ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सांसद माया राईलाई पक्राउ गरेको छ। 


कालीमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा सांसद राईलाई पक्राउ गरिएको हो।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले सांसद राईमाथि सहकारी ठगी र सङ्गठित अपराधको कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी दिनुभयो। 


सांसद राईसहितका व्यक्तिहरूमाथि उक्त सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको अभियोग लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार