ट्रेन्डिङ

Logout

माओवादी केन्द्रको निन्दा: शिक्षक दमन रोकेर तत्काल वार्ता गर

6.2k Shares

काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले विद्यालय शिक्षा ऐनलगायतका माग राखेर शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षकहरूसँग सार्थक वार्ता गरी सरकारलाई समस्या समाधान गर्न आग्रह गरेको छ।


पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आइतबार विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा २५ दिनदेखि जारी सडक आन्दोलनका मागहरूलाई सम्बोधन गर्नुको सट्टा सरकारले दमनको नीति अपनाएकोमा निन्दा गरेका छन्। 


“शिक्षकहरूमाथिको सरकारी दमनले गुरुहरूको मात्र नभई समग्र बौद्धिक समुदायको आत्मसम्मानमा ठेस पुर्‍याएको छ। यो सरकारको गैरजिम्मेवार र विवेकहीन कदम मात्र होइन, सर्वोच्च अदालतको आदेशको समेत उल्लङ्घन हो,” विज्ञप्तिमा उल्लेख छ।


उपाध्यक्ष सापकोटाले शिक्षकहरूसँग इमान्दार र सार्थक वार्ताका लागि सरकारले तत्काल गम्भीर पहल गर्नुपर्ने बताएका छन्। शिक्षकका माग पूरा गरी उनीहरूलाई चाँडोभन्दा चाँडो कक्षाकोठामा फर्काउने वातावरण बनाउनुपर्ने उनको माग छ। साथै, आन्दोलनका क्रममा गम्भीर घाइते भएका शिक्षक र सञ्चारकर्मीहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि उनले गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार