ट्रेन्डिङ

Logout

राजतन्त्र फर्कने सपना मात्रै हो, गणतन्त्र जनताको विजय: प्रधानमन्त्री ओली

7.1k Shares

file photo

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट प्राप्त गणतन्त्रले राजतन्त्रको अन्त्य गरेको र अब राजतन्त्र कहिल्यै फर्कन नसक्ने बताउनुभएको छ। 


राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले गणतन्त्र स्थापना भए पनि ‘रैती’ बन्न चाहने समूहले व्यवस्थाको विरोध गरेको र नकारात्मकता फैलाएको उल्लेख गर्नुभयो। उहाँले जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि सृजनात्मक अभियानलाई तीव्र बनाउन आग्रह गर्नुभयो। 


“रातमा स्याल कराएजस्तै केही व्यक्तिको हल्लाले केही हुँदैन। राजा फर्कने सपना देख्नेहरूको त्यो केवल सपना मात्र हो,” उहाँले भन्नुभयो। “यस्ता प्रवृत्तिविरुद्ध सांस्कृतिक ढ्याङ्ग्रो बजाउन सबैले एकजुट भएर अघि बढ्नुपर्छ।”


प्रधानमन्त्री ओलीले देश र जनताको हितमा सकारात्मक र प्रेरणादायी चलचित्र तथा नाटक निर्माण गर्दा दर्शकको कमी नहुने बताउनुभयो। उहाँले नेपालको सांस्कृतिक, कला, भाषा र विविधताको संरक्षण र प्रवर्द्धन गर्ने खालका चलचित्र र नाटक बनाउन जोड दिनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार