ट्रेन्डिङ

Logout

देवानगञ्जमा पहिलो पटक महिला क्रिकेट फ्रेन्डसिप प्रतियोगिता सम्पन्न – झापाले मोरङलाई हराउँदै उपाधि जित्यो

8.5k Shares

देवानगञ्ज । सुनसरी जिल्लाकाे देवानगञ्ज गाउँपालिकाको इतिहासमै पहिलो पटक आयोजना गरिएको महिला क्रिकेट फ्रेन्डसिप प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। उद्घाटन खेल झापा महिला क्रिकेट टिम र मोरङ महिला क्रिकेट टिमबीच देवानगञ्ज गाउँपालिका–३ स्थित श्री कृष्णा माविको खेल मैदानमा सम्पन्न भयो।

२० ओभरको यस रोमाञ्चक खेलमा झापा महिला क्रिकेट टिमले मोरङलाई २८ रनले पराजित गर्दै उपाधि हात पारेको हो। टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको मोरङ महिला टिमले फिल्डिङ राेजेका थिए । झापाले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो। जवाफी खेलमा मोरङ महिला टिम १०० रनमै अलआउट भई पराजित हुन पुग्यो।IMG-20250507-WA0020.jpg

प्रतियोगिताको औपचारिक उद्घाटन देवानगञ्ज गाउँपालिकाका अध्यक्ष वेचनप्रसाद मेहताले गर्नुभएको थियो। उद्घाटन समारोहमा अध्यक्ष मेहताले महिला क्रिकेटको स्वागत गर्दै खेलकुदमार्फत महिलाको सशक्तिकरण र आत्मविश्वास अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले पालिकाले महिला सशक्तिकरणका विविध कार्यक्रम अघि सारेको र भविष्यमा महिला क्रिकेटलाई संरचनागत रूपमा विस्तार गरिने प्रतिबद्धता जनाउनुभयो।IMG-20250507-WA0021.jpg

अध्यक्ष मेहताले प्रतियोगिता सञ्चालनका लागि खेल मैदानको व्यवस्थापन, प्राविधिक सहयोग र खेल सामाग्री उपलब्ध गराउने कार्यमा गाउँपालिकाको सक्रिय सहभागिता रहेको जानकारी दिनुभयो।

समापन समारोहमा अध्यक्ष मेहताले वर्तमान समाजमा महिलालाई खेलकुदबाट वञ्चित गरिनु दुःखद विषय भएको भन्दै, यस्तो सोचलाई अन्त्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले युवाहरू सामाजिक सञ्जालमा समय खर्चेर जीवन बर्वाद गरिरहेको भन्दै खेलकुदतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो।IMG-20250507-WA0011.jpg

प्रतियोगिता संयोजक उमेश शाहका अनुसार विजेता झापा महिला टिमलाई नगद रु. ११,५०० र ट्रफीसहित मेडल प्रदान गरिएको थियो। उपविजेता मोरङ महिला टिमले रु. ६,५०० नगद, ट्रफी र मेडल प्राप्त गर्‍यो। उक्त प्रथम पुरस्कार समाजसेवी विकी गोस्वामीको सहयोगमा प्रदान गरिएको थियो।IMG-20250507-WA0026.jpg

स्थानीय तहमा महिलालाई खेलकुदमा सहभागी गराउन र उनीहरूको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता ऐतिहासिक बन्न पुगेको आयोजकहरूले बताएका छन्। प्रतियोगितामा खेलप्रेमी, जनप्रतिनिधि र स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार