ट्रेन्डिङ

Logout

समाजवादी क्रान्तिको संकल्पमा माओवादी, नेतृत्वविरुद्ध भ्रम फैलाउने प्रयास: प्रचण्ड

7.8k Shares

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीले आफ्नो वर्गीय आधारमा फर्केर समाजवादी क्रान्तिको संकल्प लिएपछि नेतृत्वविरुद्ध भ्रम फैलाउने तत्वहरू सक्रिय भएको बताउनुभएको छ। 


शनिबार केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित २५औँ निर्मल लामा स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारी आदर्श र निष्ठामा फर्कने प्रयास गर्दा नेतृत्वविरुद्ध विभिन्न भ्रमहरू सिर्जना गर्ने प्रयास भएको बताउनुभयो। 


“हामीलाई क्रान्तिकारी आदर्श र निष्ठातर्फ अघि बढाउने चुनौती छ। हाम्रो वर्ग समुदायलाई केन्द्रमा राखेर समाजवादी क्रान्तिको तयारी गर्दा प्रतिक्रियावादी, संशोधनवादी र अवसरवादी तत्वहरूले घेराबन्दी गर्ने र भ्रम फैलाउने षड्यन्त्र गरेका छन्,” प्रचण्डले भन्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार