ट्रेन्डिङ

Logout

शिवसेना नेपालका अध्यक्ष बस्नेतको पक्राउप्रति संयुक्त जनआन्दोलन समितिको आपत्ति

7.8k Shares

काठमाडौँ। राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले शिवसेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई बिनाकारण पक्राउ गरिएको भन्दै तीव्र आपत्ति जनाएको छ। 

समितिका संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै बस्नेतको पक्राउलाई मानवअधिकार हनन र प्रजातान्त्रिक अधिकारविरुद्धको कदम भन्दै सरकारको निन्दा गर्नुभएको छ। सुवेदीले तीनकुने गोलीकाण्डमा बस्नेतको कुनै संलग्नता नभएको स्पष्ट पार्नुभयो। 

“राष्ट्र, राष्ट्रियता र धर्म–संस्कृतिको रक्षाका लागि सक्रिय बस्नेतलाई सरकारले नवदुर्गा पार्टी प्यालेसमा बसेको समितिको बैठकस्थलबाट गैरजिम्मेवार ढङ्गले पक्राउ गरेको छ। यो मानवअधिकार र प्रजातान्त्रिक अधिकारको हनन हो। तीनकुने घटनासँग बस्नेतको कुनै सम्बन्ध छैन, तैपनि शान्तिप्रिय नागरिकलाई आतङ्कित बनाउने कार्य सरकारले रोकेको छैन,” विज्ञप्तिमा उल्लेख छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार