ट्रेन्डिङ

Logout

सङ्घीय संसद्का दुवै सदनमा आज विनियोजन विधेयकमाथि छलफल

5.9k Shares

काठमाडौँ। सङ्घीय संसद्का दुवै सदन– प्रतिनिधिसभा र राष्ट्रियसभा– को बैठक आज बस्दैछ। बैठकमा आगामी आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने सम्भावित कार्यसूची तय भएको छ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्ने तालिका छ। 

सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार, दुवै सदनमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल सुरु हुने कार्यसूची छ। 

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैशाख २८ गते विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको थियो। सोही दिन सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार