7.5k
Shares
मेक्सिकोको नौसेनाको एक प्रशिक्षण जहाज न्युयोर्कको ब्रुकलिन पुलमा ठोक्किएर क्षतिग्रस्त भएको छ। यो जहाज एक विशेष कार्यक्रमका लागि सहभागीहरूलाई लिएर गएको थियो।
शनिबार भएको यो घटनाको भिडियो सार्वजनिक भएको छ, जसमा जहाज पुलमुनिबाट जाँदा यसको अग्लो खम्बा पुलमा ठोक्किएको र उक्त खम्बा जहाजमै खसेको देखिन्छ।
अमेरिकी मिडियाका अनुसार, यो दुर्घटनामा केही व्यक्ति घाइते भएका छन्। मेक्सिकोको नौसेनाले जहाजमा क्षति भएको पुष्टि गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ।