ट्रेन्डिङ

Logout

प्रचण्डको सन्देश : गणतन्त्र रक्षाका लागि एकताबद्ध बनौं

6.2k Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथिको प्रहारविरुद्ध एकजुट भएर प्रतिवाद गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा माओवादी निकट नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले बिहीबार काठमाडौंमा आयोजना गरेको जनसांस्कृतिक कार्यक्रममा बोल्दै उनले गणतन्त्रमाथि प्रश्न उठाउने निरर्थक प्रयास भइरहेको उल्लेख गरे ।

प्रचण्डले गणतन्त्र कुनै क्षेत्र वा पार्टी विशेषको नभई आम जनताको बलिदानीबाट प्राप्त उपलब्धि भएको बताए । उनले गणतन्त्रको रक्षा गर्नु र यसमार्फत जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउनु अहिलेको ऐतिहासिक आवश्यकता भएको धारणा राखे ।

उनले भने, “गणतन्त्रको रक्षा गर्दै समाजवादको यात्रातर्फ अघि बढ्न एकतावद्ध भएर पहल गर्नुपर्छ ।”

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार