4.5k
Shares
पोखरा महानगरपालिका वडा नम्बर १५, वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा एक युवकको शव फेला परेको छ। शव रगताम्य अवस्थामा थियो र स्थानीयले प्रहरीलाई खबर गरेपछि घटनास्थलमा पुग्दा अनुहार र शरीरमा चोटपटक लागेको देखिएको छ।
घटनास्थलमा हथौडा फेला परेको र शरीरमा प्रहारका चोटहरू देखिएकाले हत्या भएको आशंका गरिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, “शव उत्तानो परेको अवस्थामा थियो र हथौडा प्रहारबाट हत्या भएको देखिन्छ। घटनास्थलमा हथौडा भेटिए पनि मृतकको पहिचान खुल्ने कुनै कागजात फेला परेन।”
प्रहरीले बिहानै तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरेको छ, तर घटना अझै रहस्यमय रहेको डिएसपी बस्नेतले बताए।