4.8k
Shares
सर्लाही जिल्लाको लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडकमा टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। मृतक कबिलासी नगरपालिका–८ अगर्वाका २० वर्षीय सचिन साह (गुप्ता) हुन्, जो दिनेश साहका छोरा हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बुधबार राति करिब ८ बजे जब्दीबाट लालबन्दीतर्फ जाँदै गरेको ना २ क ५०१ नम्बरको टिपरले साहलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको भए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि टिपर चालक फरार भएका छन् भने घटनाप्रति आक्रोशित स्थानीयबासिन्दाले टिपरमा आगजनी गरेका छन्। हाल घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।