आज नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा प्रतिनिधिसभाको बैठक सुरु भएको छ। बैठकको कार्यसूचीअनुसार दुई वटा विधेयक संसदमा प्रस्तुत गरिँदै छन्।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।
त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले “तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१” माथि विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेस गर्नुहुनेछ।
आजै तीन वटा संसदीय समितिहरूको बैठक पनि बस्दैछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा “नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१” माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ।
विधायन व्यवस्थापन समितिमा “जलस्रोत विधेयक, २०८१” दफावार छलफल हुनेछ।
प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जसम्बन्धी प्रतिवेदनमाथि छलफल र पारित गर्ने कार्यसूची रहेको छ।
आजको बैठक विभिन्न महत्त्वपूर्ण विधेयकहरूमा छलफल र अगाडि बढाउने प्रक्रियाका लागि महत्वपूर्ण हुने देखिएको छ।