3.9k
Shares
प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपराह्न बस्ने राष्ट्रियसभाको बैठकमा नेपालको अतिकम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति (Graduation) सम्बन्धी विषयमा सम्बोधन गर्नुहुने भएको छ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले प्रस्तुत गर्ने “नेपालको एलडिसी ग्रयाजुुएसन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१” माथि छलफल हुनेछ।
छलफलमा उठेका प्रश्न तथा जिज्ञासाहरूमा प्रधानमन्त्री ओलीले जवाफसहित सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यो सम्बोधन एलडिसीबाट विकासशील राष्ट्रमा रूपान्तरण हुन लागिरहेको नेपालका लागि रणनीतिक महत्वको छलफल मानिएको छ।