ट्रेन्डिङ

Logout

हेटौँडाको शिवम् सिमेन्ट उद्योगको कर्मचारी आवासमा आगलागी, २५ लाखको क्षति

4.8k Shares

हेटौँडा उपमहानगरपालिका–१६ मा रहेको शिवम् सिमेन्ट उद्योगको कर्मचारी आवास क्षेत्रमा बिहीबार आगलागी भएको छ। बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाका अनुसार करेन्ट सर्टका कारण आगलागी भएको हो।

आगलागीपछि अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरको प्रहरी टोली, हेटौँडा उपमहानगरपालिकाको दमकल र सिमेन्ट उद्योगका कर्मचारीहरूको सहकार्यमा आगो नियन्त्रणमा ल्याइएको थियो।

प्रहरीका अनुसार घटनामा मानवीय क्षति नभए पनि ठूलो मात्रामा आर्थिक क्षति भएको छ। आगलागीबाट माइक्रो भिजन, एसी, फ्रिज, किचन चिमनी, फिल्टर, सोफा सेट, ग्रान्डर, ह्विलचियर, टिभी, स्टिल दराज, डाइनिङ सेट, पङ्खा, ग्यास सिलिन्डर, फायर सिलिन्डर, कार्पेटलगायतका सामग्री जलेर करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

 
 
फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार