ट्रेन्डिङ

Logout

कालिकोटमा फोर्स गाडी दुर्घटना, सात जना घाइते

4.4k Shares

जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको एक फोर्स गाडी दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्। कर्णाली राजमार्गअन्तर्गत कालिकोटको खाँडाचक्र–१०, गोलुवा क्षेत्रमा शुक्रबार बिहान भएको दुर्घटनामा पाँच जना गम्भीर र दुई जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका डिएसपी रविन बाबु रेग्मीले जानकारी दिएका छन्।

बा. १ झ ०९७६ नम्बरको गाडी अनियन्त्रित भई करिब एक सय मिटर तल खसेको बताइएको छ। दुर्घटनास्थल कालिकोटमा पर्ने भएकाले त्यहाँको प्रहरी कार्यालयमार्फत जानकारी प्राप्त भएको र तत्कालै कालिकोटबाट प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ।

घाइतेहरूको विस्तृत विवरण भने अहिलेसम्म आउन बाँकी छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार