ट्रेन्डिङ

Logout

डा. गोविन्द केसीको चेतावनी — मेडिकल शिक्षा शुल्क र सिट संख्या नबढाउन आग्रह

4.9k Shares

डा. गोविन्द केसीले मेडिकल शिक्षाको सिट संख्या र शुल्क यथावत राख्न सरकारलाई आग्रह गर्दै, यसबारे निर्णय परिवर्तन भए सत्याग्रहसहितको आन्दोलनमा जान बाध्य हुने चेतावनी दिएका छन्।

उनले जारी गरेको विज्ञप्तिमा हालै सिट संख्या बढाउने निर्णय गर्न लागिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “एउटा पनि सिट नबढाउन र शुल्क नबढाउन ओली सरकार र चिकित्सा शिक्षा आयोगको पुनः ध्यानाकर्षण गराउँछौं। अन्यथा सत्याग्रहसहितको आन्दोलन गर्न बाध्य हुनेछौं।”

डा. केसीले प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्ति मापदण्ड सम्बन्धी ऐन तथा एकीकृत प्रतिष्ठान ऐन तुरुन्त पारित गर्न, इलाम–उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना गर्न, र सरकारी स्वास्थ्य संस्थाहरूमा दरबन्दी वृद्धि गर्न माग गरेका छन्।

साथै, २०८५ सालदेखि मेडिकल शिक्षा गैरनाफामूलक बनाउने कानुनी प्रावधानको प्रक्रिया तत्काल अगाडि बढाउन पनि उनले जोड दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार