ट्रेन्डिङ

माघ २६, २०८२ / 2026-02-08
Logout

संसद्को दुई समितिको बैठक आज

4.1k Shares

सङ्घीय संसद् मातहतका दुई समितिको बैठक आइतबार बस्दैछ। निर्धारित कार्यक्रमअनुसार पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक आयोजना हुने भएका छन्।

पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण प्रभावित अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत सडकहरूको अवस्थाबारे छलफल गरिनेछ। त्यस्तै, चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र पूर्वाधारको अवस्थासम्बन्धी विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ।

उता, विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुने तय भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रिपब्लिक स्पेसल