ट्रेन्डिङ

माघ २६, २०८२ / 2026-02-08
Logout

औद्योगिक सम्पत्ति र पानी जहाजसम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा

3.7k Shares

प्रतिनिधिसभाले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’‘पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

बिहीबारको सभामा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले प्रस्तुत गरेको औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रस्तुत गरेको पानी जहाजसम्बन्धी विधेयकलाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।

यसै बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गरे ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ ६ गते शुक्रबार अपराह्न १ बजे बस्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रिपब्लिक स्पेसल