ट्रेन्डिङ

Logout

डा. शेखर कोइराला : “सकारात्मक सोचसहित अघि बढे देशलाई उकास्न सकिन्छ”

5.4k Shares

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशको राजनीतिक र सामाजिक अवस्था दिनप्रतिदिन अधोगतितर्फ उन्मुख भइरहेको बताएका छन्। उनले यस्तो परिस्थितिलाई सुधार्न सबै क्षेत्रले सकारात्मक सोचसहित अघि बढ्नुपर्नेमा जोड दिए।

शुक्रबार काठमाडौंमा ज्ञानज्योति महिला माध्यामिक विद्यालयको २० औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले विद्यालय, राजनीतिज्ञ र कर्मचारीहरुले समाजलाई उकास्ने जिम्मा लिनुपर्ने बताए। “देश केवल राजनीतिक मात्र होइन, सामाजिक रुपमा पनि स्खलनतर्फ गइरहेको छ। यसलाई सुधार्ने जिम्मा विद्यालय, राजनीतिज्ञ र कर्मचारी सबैले लिनुपर्छ,” कोइरालाले भने।

उनले लोकतन्त्रमा शिक्षा सबैभन्दा महत्वपूर्ण आधार भएको उल्लेख गर्दै शिक्षित समाजले मात्र सभ्य देश निर्माण गर्न सक्ने धारणा राखे। “घरमा एउटा महिला शिक्षित भए परिवार नै शिक्षित हुन्छ। शिक्षाले नै विश्वलाई चिनाउन सक्छ, त्यसैले शिक्षामै पहिलो प्राथमिकता दिनुपर्छ,” उनले जोड दिए।

कोइरालाले वर्तमान अवस्थामा नियम, ऐन, कानून बनाउने, सरकारमा बस्ने र सञ्चारमाध्यमसमेत कतै न कतै चुकेको टिप्पणी गर्दै सार्वजनिक विद्यालयको प्रवर्द्धनमार्फत मात्र सफलता हात लाग्ने विश्वास व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार