5.3k
Shares
बुढानीलकण्ठ नगरपालिका-३ स्थित चपली चोकमा भएको मोटरसाइकल दुर्घटनामा चालक केवी गुरुङको मृत्यु भएको छ।
दुर्घटनामा परेका मृतक २८ वर्षीय केवी गुरुङ बुढानीलकण्ठकै भंगाल बस्ने व्यक्ति थिए। उनी बागमती प्रदेश-०२-०५० प ०७८९ नम्बरको मोटरसाइकल चलाइरहेका थिए र मंगलबार राति सवा ९ बजेतिर मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको थियो। दुर्घटनामा मोटरसाइकल बा२ज ४९११ नम्बरको ट्याक्सीसँग पनि ठोक्किएको थियो।
गम्भीर घाइते भएका केवीलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो। पछि उनी मण्डिखाटारस्थित हेम्स अस्पतालमा रेफर भएका थिए, तर उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराले जानकारी दिए।
दुर्घटनामा संलग्न ट्याक्सी चालक दीपक मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।