ट्रेन्डिङ

Logout

निजी विद्यालय सञ्चालकहरूको चक्रपथमा स्कुल बस र्‍याली, विधेयक संशोधन माग

7.2k Shares

निजी विद्यालय सञ्चालकहरूले काठमाडौं चक्रपथमा स्कुल बससहित र्‍याली निकालेका छन्। उनीहरूले विद्यालय शिक्षा विधेयकबाट पूर्ण छात्रवृत्ति र क्रमशः गैरनाफामूलक बनाउने शब्द हटाउन माग गरेका हुन्।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि मन्त्रालयबाट पारित विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले दबाब दिइरहेका छन्।

यसैक्रममा प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएको संयुक्त पहलमा र्‍याली आयोजना गरिएको हो। र्‍यालीका क्रममा चक्रपथको एक लेनमा निजी विद्यालयका पहेँला बसहरू लामबद्ध देखिएका थिए।

उनीहरूको प्रदर्शनका कारण कतिपय ठाउँमा अन्य यातायातका साधनलाई असुविधा भएको थियो।Private-School-Protest-with-School-bus.jpg

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार