ट्रेन्डिङ

Logout

दार्चुलामा अटो दुर्घटना : एक बालिकाको मृत्यु, दुई महिला बेपत्ता

3.9k Shares

दार्चुलाको नौगाड गाउँपालिका–५ सौकेबगर नजिक अटो खोलामा खस्दा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्।

सोमबार दिउँसो साढे १ बजे म १ ह ११४८ नम्बरको अटो अनियन्त्रित भई करिब ५० मिटर तल नौगाड खोलामा खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

दुर्घटनामा करिब ११ वर्षीया बालिकाको मृत्यु भएको छ भने दुई महिला बेपत्ता रहेका छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

अटोमा चालकसहित पाँच जना सवार थिए। चालक मणिराज भुल र उनका छोरा आयुष भुल सकुशल छन्। तर आयुषको हात भाँचिएको छ।

होपरीगाडबाट गोकुलेश्वरतर्फ जाँदै गरेको अटो दुर्घटनामा परेपछि चालक मणिराजलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार