ट्रेन्डिङ

Logout

अर्घाखाँचीमा श्रीमानद्वारा श्रीमतीको हत्या, भान्छामै शव गाडिएको अवस्थामा फेला

4.4k Shares

अर्घाखाँचीको छत्रदेव गाउँपालिका–४ पातलेपोखरामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरी भान्छाकोठामै गाडेको घटना खुलेको छ।

प्यूठान, नौबहिनी गाउँपालिका–१ स्याउलीबाङ घर भएका ३६ वर्षीय किरण गुरुङ आठ वर्षदेखि सो ठाउँमा बस्दै आएका थिए। उनी ३४ वर्षीया श्रीमती सुमित्रा कुमाल गुरुङ र ९ वर्षीया छोरीसँगै बस्दै आएका थिए। तर, केही दिनदेखि सुमित्रा हराएपछि परिवार र छरछिमेकले खोजी गर्न प्रहरीलाई जानकारी दिएका थिए।

अनुसन्धानको क्रममा १२ भदौ राति श्रीमान–श्रीमतीबीच विवाद भई हत्या भएको र त्यसपछि भान्छाकोठामै खाल्डो खनेर शव गाडिएको खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी चक्र मल्लले बताए।

किरणले विवादपछि बाँसको लाठ्ठी र हंसियाले प्रहार गरी श्रीमतीको हत्या गरेको र कम्बलमा बेरेर शव गाडेको प्रहरीले जनाएको छ। घरभित्र दुर्गन्ध आएपछि उत्खनन् गर्दा शव फेला परेको हो। शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ।

प्रहरीले घटनास्थलबाट हत्या गर्न प्रयोग गरिएका बाँसको लाठ्ठी, हंसिया, शव गाड्न प्रयोग भएका उपकरण तथा मदिराको बोत्तल बरामद गरेको छ। हत्या गर्ने बेलामा किरणले मादक पदार्थ सेवन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।

घटना देखेकी ९ वर्षीया छोरीलाई धम्की दिएकाले उनी चुप बस्न बाध्य भएको खुलेको छ। पक्राउ परेका किरण गुरुङविरुद्ध कर्तव्य ज्यानको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार