ट्रेन्डिङ

Logout

"टिकटकमा अवैध हतियार प्रदर्शन गरेको युवक पक्राउ"

5.1k Shares

सामाजिक सञ्जाल टिकटकमा अवैध हतियार प्रदर्शन गरेको आरोपमा मुस्ताङको वारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका–१ घर भएका २१ वर्षीय कर्म साङ्पो ठकुरी पक्राउ परेका छन्।

काठमाडौंको स्वयम्भूमा बसोबास गर्ने उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको टोलीले पक्राउ गरेको हो। परिसरका एसपी तथा प्रवक्ता अपील राज बोहराका अनुसार उनले टिकटकमा हर्नेट जस्तो देखिने हतियार प्रदर्शन गरेका थिए।

प्रहरीलाई ठमेलको एक होटलमा हतियार लुकाइएको भन्ने सूचना प्राप्त भएपछि टोलीले अनुसन्धान गरी पक्राउ गरेको हो। उनी ठमेलको होटलको चौथो तलामा सिरकभित्र लुकाइएका १९७६ मोडलको टीएम–०७के.के लेखिएको हतियारसहित भेटिएका थिए।

हतियारसहित पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले हातहतियार तथा खरखजनाको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार