3.9k
Shares
जेनजी आन्दोलनका कारण नेपालमा भएको घटनाक्रमलाई मध्यनजर गर्दै भारतले नेपाल–भारत जमुनाहा सीमा नाका बन्द गरेको छ। भारतीय सुरक्षाकर्मीहरूले नेपालको अवस्था गम्भीर बन्दै गएपछि बुधबार बिहानैदेखि नाकामा कसैलाई पनि आवागमन गर्न नदिएको जनाएका छन्। बिरामी, एम्बुलेन्स र अन्य आपतकालीन अवस्थाका नेपाली नागरिक मात्र भारत प्रवेश गर्न पाएका छन्।
नेपालबाट आउने नेपाली र भारतबाट जाने नेपालीको आवागमन स्थिति अनुसार अनुमति दिइएको छ, जबकि भारतीयलाई नेपाल प्रवेश गर्न रोकिएको छ। मङ्गलबार प्रदर्शनकारीहरूले जमुनाहा प्रहरी चेकपोष्ट र भन्सार कार्यालयमा तोडफोड र आगजनी गरेपछि सुरक्षाकर्मीहरू हटेका थिए।
हाल नेपाली सेनाले सुरक्षाको कमाण्ड सम्हालेपछि नाका र नेपालगन्ज बजारको अवस्था सामान्य हुँदै गएको छ।