5.3k
Shares
विद्यमान परिस्थितिबारे नेपाली सेनासम्बन्धी विभिन्न टिप्पणी, धारणा र विश्लेषण सार्वजनिक भइरहेका बेला सेनाले आफूले गर्ने गतिविधि र धारणा नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको स्पष्ट पारेको छ।
सेनाले भ्रामक वा झुट्टा समाचारमा विश्वास नगर्न आम सर्वसाधारणलाई आग्रह गर्दै “सेनासम्बन्धी कुनै पनि जानकारीका लागि आधिकारिक स्रोतलाई मात्र आधार बनाउन” सबैलाई अनुरोध गरेको छ।
साथै, सेनासम्बन्धी सूचना आदान–प्रदानका लागि सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय वा स्थानीय तहका पृतना हेडक्वार्टरहरूसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने जानकारी पनि दिइएको छ।
