ट्रेन्डिङ

Logout

रुपन्देहीमा कर्फ्यु हटाइएपछि जनजीवन सामान्य

5.2k Shares

रुपन्देहीमा केही दिनयता जारी कर्फ्यु शुक्रबार बिहानबाट हटाइएपछि जनजीवन सामान्य बन्न थालेको छ।

जिल्ला प्रशासन कार्यालयले लागू गरेको निषेधाज्ञा तथा कर्फ्यु आदेश हटाएसँगै बजार, यातायात, विद्यालय र अन्य सेवा पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले स्थिति नियन्त्रणमा आइसकेको र शान्तिपूर्ण वातावरण कायम भएकाले कर्फ्यु हटाइएको जानकारी दिनुभयो। उहाँका अनुसार आवश्यकता परेमा पुनः कडाइ गर्न सकिने छ।

शान्तिपूर्ण माहोल कायम गर्न जिल्ला प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको थियो। कर्फ्यु हटेसँगै आज रुपन्देहीमा शान्ति र्याली समेत निकालिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार