5.3k
Shares
जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २५ जना कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहका अनुसार बिहीबारसम्म पक्राउ परेका कैदीबन्दीलाई पुनः कारागार पठाइएको छ। पक्राउ परेकामध्ये तीन जना भने आफैं प्रहरी सम्पर्कमा आएका थिए।
यसैबीच, जिल्ला कारागार कैलालीले भागेका कैदीबन्दीहरूलाई तुरुन्तै कारागार वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ। कारागार प्रशासक चिरञ्जीवी सापकोटाले सूचना जारी गर्दै कारागार ऐनअनुसार कारबाही भइने चेतावनी दिएका छन्।
मंगलबार जेनजी प्रदर्शनकारीले आक्रमण गरी कैलाली कारागारबाट ६६६ जना कैदीबन्दीलाई भगाएका थिए। कारागारमा ६६७ कैदीबन्दीमध्ये एक जना उपचाररत भएकाले भाग्न नसकेको जनाएको छ।