ट्रेन्डिङ

Logout

रास्वपाको केन्द्रीय समिति बैठक भोलि, निर्वाचन तयारीमा केन्द्रित छलफल

4.6k Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि मङ्गलबार बिहानका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको छ। पार्टीले निकट भविष्यमा हुन सक्ने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रणनीति तय गर्ने उद्देश्यले बैठक बोलाएको हो।

कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाउँदै बदलिँदो राजनीतिक परिस्थितिबारे केन्द्रीय सदस्यहरूको विचार संकलन गर्ने र पार्टीको आगामी दिशा–निर्देश तय गर्ने तयारी गरेका छन्।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, बैठकमा विभिन्न एजेण्डा प्रस्तुत गरिनेछन्। जसमा पार्टी संगठन तथा विभागीय संरचना सुदृढीकरण, समसामयिक राजनीतिक अवस्था, प्रदेश सभापतिहरूको बैठकबाट प्राप्त प्रतिवेदन प्रस्तुत गर्ने लगायतका विषय समावेश हुनेछन्।

यसैगरी, महाधिवेशन तयारी, निर्वाचनलाई लक्षित कार्ययोजना र नीतिगत निर्णयबारे पनि विस्तृत छलफल हुने बताइएको छ। पार्टीका नेताहरूका भनाइमा, निर्वाचन नजिकिँदै जाँदा रास्वपाले आफ्नो संगठनात्मक क्षमता बढाउँदै मतदातालाई आकर्षित गर्ने खाका तयार गर्नेछ।

राजनीतिक विश्लेषकहरूले भने रास्वपाको आगामी बैठकलाई ‘निर्णायक’ मानिरहेका छन्। उनीहरूका अनुसार, यस बैठकले पार्टीको भविष्यको बाटो र गठबन्धनबारेको सम्भावित निर्णयमा स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार