ट्रेन्डिङ

Logout

‘देश बनाउने अभियानमा हामीसँगै’– ऊर्जामन्त्री घिसिङ र मेयर बालेनबीच अर्थपूर्ण भेट

3.5k Shares

ऊर्जामन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच आइतबार साँझ महत्वपूर्ण भेटवार्ता भएको छ।

दुवैबीचको भेटको तस्बिर मन्त्री घिसिङले फेसबुकमार्फत सार्वजनिक गर्दै लेखेका छन्,
“देश बनाउने अभियानमा हामीसँगै छौँ।”

आजै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता घोषणा भएको पृष्ठभूमिमा यो भेटले थप ध्यान खिचेको छ। घिसिङको संरक्षणमा दर्ता भएको उज्यालो नेपाल पार्टी पनि रास्वपासँग एकता वा सहकार्यका विषयमा निरन्तर संवादमा रहेको बताइँदै आएको छ।

यसै सन्दर्भमा घिसिङ र मेयर बालेनको भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ, जसले आगामी राजनीतिक सहकार्य वा नयाँ मोर्चाबन्दीका संकेत दिन सक्ने विश्लेषकहरूको बुझाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार