ट्रेन्डिङ

Logout

एमाले महाधिवेशनमा ५० हजार युवा जुटाउने युवा संघको तयारी

3.1k Shares

काठमाडौं 

नेकपा एमालेको आगामी महाधिवेशनमा कम्तीमा ५० हजार युवा काठमाडौं उतार्ने लक्ष्य युवा संघ नेपालले सार्वजनिक गरेको छ।

संघका अध्यक्ष क्षितिज थेबेले मंसिर २७ गते हुने महाधिवेशन उद्घाटन सभामा अधिकतम युवा उपस्थिति सुनिश्चित गर्न देशभरका वडा, जिल्ला, पालिका र प्रदेश कमिटीलाई विशेष परिचालन गरिएको बताए।

उनका अनुसार काठमाडौं र ललितपुरका ६१ वटै वडाबाट १००–१०० जना गरी ६ हजार १ सय युवा सहभागी गराइनेछ। उपत्यकाका अन्य १९ पालिकाबाट १–१ हजारका दरले १९ हजार युवा ल्याइने योजना छ। उपत्यकाबाहेक वाग्मती प्रदेशका १० जिल्लाबाट १ हजार ५ सयका दरले १५ हजार युवा उतार्ने तयारी गरिएको छ।

यस्तै, कोसी र मधेस प्रदेशबाट ४–४ हजार, गण्डकीबाट ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ५ सय–५ सय गरी १ हजार युवा सहभागी गराउने संघले जनाएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा सञ्चालन हुनेछ। उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
ताजा अपडेट
सम्बन्धित समाचार