बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ।
एक तोला सुनको मूल्य रु ३,५०० ले बढेको छ भने चाँदीको मूल्य पनि प्रतितोला रु १०० ले उक्लिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु २,५६,६०० पुगेको छ।
त्यस्तै, एक तोला चाँदीको नयाँ दर रु ३,९०५ कायम गरिएको छ।
बुधबार प्रतितोला रु २,५३,१०० मा कारोबार भएको सुन आज झण्डै चार हजारले महँगिएको छ। चाँदी भने हिजो रु ३,८०५ मा कारोबार भएको थियो, जुन आज रु १०० ले बढेर ३,९०५ मा पुगेको हो।
अन्तरराष्ट्रिय बजारमा पनि धातुका मूल्य उकालो लागेका छन्। विश्व बजारमा आज एक औँस सुन ४,२७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने त्यति नै परिमाणको चाँदीको मूल्य ६२ अमेरिकी डलर पुगेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।