4.5k
Shares
नेपाली बजारमा सुनचाँदीको मूल्य लगातार बढ्ने क्रममा रहेको छ।
मङ्गलबारको तुलनामा आज सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य पनि रु १७० ले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ५९ हजार ७०० पुगेको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु चार हजार ५५ कायम गरिएको छ।
यसअघि मङ्गलबार सुन प्रतितोला रु दुई लाख ५९ हजारमा कारोबार भएको थियो भने चाँदीको मूल्य रु तीन हजार ८८५ रहेको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३३० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔँस ६५ अमेरिकी डलरमा किनबेच भइरहेको छ।