ट्रेन्डिङ

Logout

सुनचाँदीको मूल्यमा गिरावट, आज कति छ कारोबार दर ?

4.8k Shares

काठमाडौं –

साताको अन्तिम कारोबार दिन नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुन प्रतितोला २ हजार रुपैयाँ र चाँदी ७५ रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम थियो।

सुनको मूल्य यसअघि सोमबार हालसम्मकै उच्च बिन्दुमा पुग्दै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो।

यस्तै, असली चाँदी बिहीबार प्रतितोला ४ हजार ८० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार घटेर ४ हजार ५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार