ट्रेन्डिङ

माघ २६, २०८२ / 2026-02-08
Logout

जसपाको इमानदार उम्मेदवारलाई समर्थन गर्न अपिल :- जनकपुरका नगर सचिव प्रशान्त झा

9k Shares

जसपाको इमानदार उम्मेदवारलाई समर्थन गर्न अपिल

धनुषा क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार परमेश्वर शाहले आफू इमानदारीको राजनीतिसहित मैदानमा उत्रिएको स्पष्ट सन्देश दिएको जसपा नेपाल जनकपुरका नगर सचिव प्रशान्त झाले बताएका छन्। उनले भने, “परमेश्वर शाहले राजनीतिमा आउँदै गर्दा आजसम्म कसैलाई छल, धोका वा झुट बोलेका छैनन्। यही नै उहाँको सबैभन्दा ठूलो शक्ति हो।”

नगर सचिव झाले मधेसको राजनीतिमा अब झुट, लेनदेन र स्वार्थको खेल अन्त्य हुनुपर्ने आवश्यकता औंल्याउँदै जसपा नेपाल नै मधेसी जनताको हक–अधिकार, सम्मान र विकासको साँचो प्रतिनिधि दल भएको दाबी गरे। “धनुषा–३ का जनताले इमानदार, साफ छवि र जनतासँग जोडिएको उम्मेदवार खोजिरहेका छन्, जुन गुण परमेश्वर शाहमा स्पष्ट देखिन्छ,” उनको भनाइ थियो।

उनले मधेसी जनता, युवा, किसान र श्रमिक वर्गलाई जसपा नेपाललाई मत दिएर इमानदार राजनीतिलाई जिताउन अपिल गरे। “यो चुनाव पदको होइन, सिद्धान्त र इमानदारीको हो। त्यसैले धनुषा–३ बाट जसपा नेपालका उम्मेदवार परमेश्वर शाहलाई जिताउन सबै मधेसी दाजुभाइ–दिदीबहिनी एकजुट हुनुपर्छ,” प्रशान्त झाले जोड दिए।

धनुषा–३ को चुनावी माहोलमा जसपा नेपालले इमानदारी र मधेसी आवाज लाई मुख्य मुद्दा बनाउँदै जनसमर्थन थप बलियो बनाउँदै लगेको देखिन्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रिपब्लिक स्पेसल