पिपरा गाउँपालिका–१ स्थित एकरहिया स्मृति भवनमा जसपा नेपालको अगुवा नेता तथा कार्यकर्ताहरूको भेला आजबाट सुरु भएको छ। जसपा नेतृ मिनाक्षी ठाकुरको अगुवाइमा आयोजित भेलाले पिपरामा राजनीतिक माहौल तातेको छ।
भेलामा मधेश प्रदेश सरकारकी शिक्षा मन्त्री रानी शर्मा तिवारी, जसपा नेपालका केन्द्रीय नेता रामकुमार शर्मा, युवा नेता अजय झा लगायत स्थानीय अगुवा, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको छ।

कार्यक्रममा सहभागी नेताहरूले संगठन सुदृढीकरण, जनसरोकारका मुद्दा तथा आगामी राजनीतिक रणनीतिबारे धारणा राखेका छन्। उपस्थितिको घनत्व र उत्साहले पिपरा क्षेत्रमा जसपा नेपालको प्रभाव बलियो बन्दै गएको संकेत देखिएको छ।

स्थानीय स्तरका कार्यकर्ताहरूको सक्रिय सहभागिताले कार्यक्रममा थप ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्। कार्यक्रमले आगामी दिनमा पिपरामा जसपाको राजनीतिक गतिविधि थप सशक्त हुने अपेक्षा गरिएको छ।