ट्रेन्डिङ

Logout

सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट दर्ता भएन

962 Shares

काठमाडौँ । नेपाल प्रहरीको महानिरीक्षक(आईजीपी) बाट प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा सरुवा भएका दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च प्रशासनले अध्ययनका लागि राखेको छ ।

बुधबार सरकारले आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाएर डा.मनोजकुमार केसीलाई आईजीपी नियुक्त गर्ने निर्णय विरुद्ध निवर्तमान महानिरीक्षक (आइजिपी) कार्की रिट लिएर सर्वोच्च पुगेका थिए । कार्की निकट अधिवक्ता टिकाबहादुर कुँवरले सर्वोच्च प्रशासनले रिट अध्ययनका लागि समय लाग्ने भन्दै आज दर्ता नगरेको जानकारी दिए ।

मन्त्रिपरिषद्को निर्णय अनुसार कार्कीको स्थानमा एआइजी डा. मनोज केसीले बुधबारबाटै प्रहरी प्रमुख (आईजीपी) को जिम्मेवारी सम्हालिसकेका छन् । उक्त रिट शुक्रबार दर्ता भएमा तिहार बिदापछि मात्रै प्रारम्भिक सुनुवाइ हुनेछ ।
मनोजकुमार केसीले आइजिपी नियुक्त भई कार्यभार सम्हालिसकेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार