ट्रेन्डिङ

Logout

नेप्सेको नयाँ प्रमुख कार्यकारी अधिकृतमा प्रताप सुवेदी नियुक्त

585 Shares

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

नियुक्तिपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार सुवेदीलाई नियुक्तिपत्र हस्तान्तरण गरेका छन्।

नियुक्तिपत्र प्रदान गर्दै अर्थमन्त्री वाग्लेले सुवेदीलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार