ट्रेन्डिङ

Logout

आईजीपी नियुक्तिमा बिचौलियाको भूमिका खोज्दै हर्क साम्पाङ, सरकारसँग मागे जवाफ

1k Shares

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन्।

साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको कदमले प्रहरी संगठनको मनोबलमा कस्तो प्रभाव पारेको छ भन्नेबारे जवाफ मागेका हुन्।

उनले नयाँ आईजीपी नियुक्तिको प्रक्रियामा बिचौलियाको भूमिका रहेको थियो वा थिएन भन्ने विषयमा समेत प्रश्न गरेका छन्।

सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘आईजीपीको बर्खास्तीले प्रहरीको मनोबल बढायो कि घटायो ? यो आईजीको नियुक्तिमा बिचौलियाले काम गर्‍यो कि गरेन ?’

कार्कीलाई प्रहरी महानिरीक्षकबाट हटाएर मनोज केसीलाई नयाँ आईजीपी नियुक्त गरेपछि सरकारको निर्णयलाई लिएर विभिन्न प्रतिक्रिया र आलोचना भइरहेका छन्। यसैबीच साम्पाङले नियुक्ति प्रक्रियाको पारदर्शिता र प्रहरी संगठनको मनोबलमाथि प्रश्न उठाएका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार