ट्रेन्डिङ

Logout

एनपीएलमा आज लुम्बिनी र जनकपुर तथा काठमान्डु र विराटनगर भिड्दै

1k Shares

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुदैछन्। आज अपराहन्न साढे १२ बजेदेखि हुने पहिलो खेलमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्स आमने सामने हुदैछन्।

जारी प्रतियोगितामा लुम्बिनी लायन्स अपराजित रहदै शिर्ष स्थानमा रहेको छ। तीन खेल खेलेको लुम्बिनीले दुई जित र एक खेलको नतिजा नआउँदा पाँच अंक जोडेर शिर्ष स्थानमा छ। त्यस्तै चार खेलमा २ जित र २ हारसहित जनकपुर बोल्ट्स ४ अंक हासिल गर्दै चौथो स्थानमा रहेका छन्। 

त्यस्तै आज साँझ हुने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाज आमने सामने हुदैछन्।

जारी प्रतियोगितामा विराटनगर किंग्सले ४ खेलमा २ जित र २ हार बेहोरेको छ भने अंक तालिकामा दोस्रो स्थानमा रहेको छ। त्यस्तै काठमाडौँ गोर्खाजले २ खेलमा एक जित र एक हार बेहोरेको छ र सातौं स्थानमा रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार