ट्रेन्डिङ

Logout

एनआइसी एसियाले निकाल्दै साढे ७ अर्बको हकप्रद सेयर

1k Shares

एनआइसी एसिया बैंकले थप पुँजी जुटाउन साढे ७ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर जारी गर्ने भएको छ । यसका लागि बैंकले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट औपचारिक स्वीकृति प्राप्त गरेको छ ।

सेबोनले मंगलबार बैंकलाई हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबर हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो । स्वीकृतिअनुसार बैंकले १ः०.५० अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता सेयर निष्कासन गर्नेछ ।

बैंकको हालको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित हकप्रद सेयरबाट ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ पुँजी थपिनेछ ।

हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी एनआइएमबि एस क्यापिटलले पाएको छ ।

पुँजी कोषमा देखिएको दबाबका कारण कर्जा विस्तार तथा व्यावसायिक गतिविधि अघि बढाउन कठिनाइ भएपछि बैंकले हकप्रद सेयरमार्फत पुँजी वृद्धि गर्ने रणनीति अपनाएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार